काठमाडौं। सरकारले १८ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ। भौतक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गरी १८ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको जानकारी दिएको हो।
समयमा निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकाले निर्माण व्यवसाय इजाजतपत्र स्वतः खारेज भएको सूचनामा उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, ‘निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिमको म्यादभित्र निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकोले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम देहाय बमोजिमका निर्माण व्यवसाय इजाजतपत्रहरु स्वतः खारेज भएको हुँदा खारेज भएका कम्पनी/फर्महरुको कुनै बाँकी दायित्व रहे भएका भए सो कम्पनीको प्रोपाइटर (मालिक) मा रहने गरी स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सार्वजनिक सुचना प्रकाशित गरिएको छ ।’
खारेज भएका निर्माण कम्पनीहरु ‘ख’ र ‘ग’ वर्गका छन्। पाल्पेश्वरी निर्माण सेवा इटहरी–४ सुनसरी, सिभिल मोर्डन कन्स्ट्रक्सन प्रा.लि.का.म.न.पा. १३ काठमाडौ, विवेक निर्माण सेवा प्रा.लि. विराटनगर न.पा. १३ मोरङ्ग, गणेश निर्माण सेवा प्रा.लि.हेटौडा न.पा. ४ मकवानपुर, ए.पि.कन्स्ट्रक्सन प्रा.लि., का.म.न.पा.वडा नं. १५ काठमाडौ कम्पनीहरुको इजाजतपत्र खारेज भएको छ।
त्यसैगरी बोहरा कन्स्ट्रक्सन धनगढी ४ कैलाली, सुप्रभा निर्माण सेवा प्रा.लि. ललितपुर ३, हिमचुली निर्माण सेवा पडसरी—१, रुपन्देहि, प्रफेक्ट कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग प्रा.लि.पोखरा महानगरपालिका वडा नं. १७ कास्की, प्रकाश कन्स्ट्रक्सन निर्माण सेवा चागुनारायण —२ भक्तपुर, महत निर्माण सेवा, महत गा.वि.स. वडा नं. ५ जुम्ला, नेदु कन्स्ट्रक्सन हेटौडा उ.म.न.पा.वडा नं. २ मकवानपुरको इजाजतपत्र खारेज भएको हो।
त्यसैगरी इजाजतपत्र खारेज हुनेमा ईश्वर निर्माण सेवा लाटीकोइली—७ अलायचौर सुर्खेत, पुनर्जागरण निर्माण सेवा प्रा.लि. हेटौडा—९ मकवानपुर, भण्डारी कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनी प्रा.लि. पोखरा १७ कास्की, वेत्रावती निर्माण सेवा सि.पा.जि. सुनखानी गा.वि.स. ३ सिन्धुपाल्चोक, सुमन कन्स्ट्रक्सन सुनवल १ नवलपरासी, पेन्सी निर्माण सेवा प्रा.लि. का.म.न.पा.वडा नं.७ काठमाडौ रहेका छन्।