काठमाडौं। दोलखाको शैलुङ गाउँपालिकामा चार सय किलोमिटर सडक निर्माण भएको छ। पाँच वर्षको अवधिमा करिब चार सय किलोमिटर सडक निर्माण भएको हो।
विकासको पूर्वाधार सडकलाई प्राथमिकतामा राखेर ३९४ किलोमिटर सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
प्रत्येक वडा र टोल पनि सडक सञ्जालमा जोडिएका छन्। निर्माण भएको सडकमध्ये २२२ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो। सय किलोमिटर सोलिङ र २२० किलोमिटर स्तरोन्नति भइसकेका छन्। सडक निर्माण भएपछि वडा र पालिकाबाट सहज ढङ्गबाट सेवा आदानप्रदान सम्भव भएको छ। सडकले छिमेकी पालिका मेलुङ, तामाकोसी, वैतेश्वर, भीमेश्वर नगरपालिका र सिन्धुपाल्चोक जिल्ला पनि जोडिएको छ।
आर्थिक वर्ष २०७९/८० मा सडक स्तरोन्नतिका लागि साढे ११ करोड रुपियाँ विनियोजन गरिएको पनि पालिकाले बताएको छ।