काठमाडौं। विद्युत विकास विभागको महानिर्देशकमा चिरञ्जीवी चटौत नियुक्त भएका छन्। आइतबारको मन्त्रीस्तरीय निर्णयले चटौतलाई महानिर्देशकको जिम्मेवारी दिएको हो।
चटौतले सोमबार पत्र बुझिसकेका छन्। उनी मन्त्रालयको वैदेशिक सहायता तथा प्रदेश समन्वय शाखा प्रमुखका रुपमा कार्यरत थिए। २०५२ सालमा इलेक्ट्रिकल इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनले सिंचाई र भवनका विभिन्न आयोजनामा काम गरेका छन्। २०६१ भदौमा उनी सिनियर डिभिजनल इन्जिनियर र २०७० सालमा सहसचिवमा बढुवा भएका थिए।
उनले तीन वर्ष पञ्चेश्वरमा बहुउदेश्यीय आयोजनामा काम गरेका छन्। ऊर्जा संकट निवारण तथा विद्युत दशक कार्यक्रममा समेत काम गरेका उनले विभागकै उपमहानिर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। ऊर्जा क्षेत्रमा उनी अनुभवी मानिन्छन्।