बुटवल। पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो।
ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।