काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । अदालतमा रिक्त न्यायाधीशको दुई पदका लागि तीन जनाको नाम सिफारिस भएको हो।
न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस गरेको छ ।
एक महिना पछि रिक्त हुने पदका लागि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको छ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागरेका छन् । उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको छ ।