मकवानपुर। वर्षाका कारण खसेको पहिरोका कारणसिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन्। अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सवारीसाधन बाटोमै थन्किएका छन्। यात्रु साना सवारीसाधन प्रयोग गरी वैकल्पिक सडकमार्फत गन्तव्यतर्फ लागेका प्रहरीले बताएको छ।