सिन्धुली। पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
बुधबार बिहान ४ बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन्।
इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाइरहेको छ। स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको बताइएको छ।
बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन गोलञ्जोर गाँउपालिकाका अनुसार बाटोमा सयौँ यात्रु अलपत्र परेका छन्।