जलेश्वर। मटिहानी नगरपालिका –३ स्थित कृषि सडक अन्तर्गत पर्ने झिझा खोलामा पुल निर्माण कार्य शुरुभएको छ। मटिहानी नगरपालिकाको ३५ लाख रुपियाँको लागतमा सो खोलामा पुल निर्माण कार्य शुरु भएको हो।
निर्माण कार्य शुरु भएको सो पुलको लम्वाई आठ मिटर र चौडाई पाँच मिटर रहने नगरपालिकाले जनाएको छ। पुल निर्माणका लागि सोमबार नगरप्रमुख हरिप्रसाद मण्डलले एक कार्यक्रमबीच पुलको शिलान्यास गरेका छन्। पुल निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसाथ द्रुत गतिमा शुरु गरिएको छ।
झिझा खोलामा पुल अभावमा मटिहानी नगरपालिकाका सयभन्दा बढी किसानको खेतमा लगाइका फसल वर्षाकावेला घरसम्म ल्याउन कठिन हुँदैआएको छ। किसानको सोही कठीनाइको समाधानका लागि पुल निर्माणका लागि वजेट विनियोजन गरिएको नगरपालिकाले बताएको छ। पुल निर्माण कार्य शुरु भएसँगै स्थानीय किसान खुशी भएका छन्।