काठमाडौं। मेची राजमार्ग अन्तर्गतको फिदिम–ताप्लेजुङ सडकखण्ड अवरुद्ध बनेको छ। निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।
पाँचथरको हिलिहाङ गाउँपालिका–२ कबेली खण्डमा ढुंगे पहिरो खसेको थियो। पहिरो खसेपछि गएराति देखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिइन्।
सडकबाट ३० मिटर माथिबाट खसेका ढुङ्गाका कारण अवरुद्ध सडक पन्छाउन सडक विभागको डोजरसँगै स्थानीय र प्रहरीले प्रयास गरिरहेको खतिवडाको बताए । पहिरो खसेपछि ताप्लेजुङबाट पाँचथर र पाँचथरबाट ताप्लेजुङ तर्फ हिँडेका सवारी ढुवानी साधन अलपत्र परेका छन् ।