काठमाडौं। जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा समस्या आएपछि उडेको १५ मिनेटपछि काठमाडौंमै फर्किएको छ।
मंगलबार राति १० बजेर ३५ मिनेटका लागि जापानको नारिताका लागि उडेको RA–४३३ जहाज काठमाडौं विमानस्थल छाडेको १५ मिनेटमै काठमाडौं फर्काइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकले जहाज काठमाडौं नै फर्काएका थिए।
चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो।
जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई आज बिहान नौ बजे नारिता उडाउने तयारी भइरहेको बताइएको छ।