कास्की। पोखरा माहानगरपालिका २३ ओखलढुङ्गा वस्ने झापा पराजुली को परिवारले गाउँमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि करीब ०–८–२–१ बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन्।
झापा पराजुली, उनका छोरा टंकराज तथा बुहारी ईन्दिराले सोमबार जिल्ला मालपोत कार्यालय कास्की बाट ओखलढुङगा शिव शक्ति महिला समूह तथा भवन निमार्ण समिति लाइ जग्गा रजिष्टे«शन पास गरिदिएका ओखलढुङगा शिव शक्ति महिला समूहकि अध्यक्ष देबू पराजुली ले जानकारी दिइन्े।
भवन निमार्ण समितिका शिव शक्ति समूह को सचिब राधा पराजुली का अनुसार गण्डकी परदेश भौतिक मंत्रालय बाट चालू आर्थिक वर्षमा विनियोजन गरेको रु ५ लाख बजेटबाट सामुदायिक भवन निर्माण शुरु गरिने भएको छ।
स्थानीय महिला विकास सहकारी, वन, कृषक समूह, युवा क्लबलगायत सामाजिक सङ्घ संस्थाको कार्यालयका लागि सामुदायिक भवन प्रयोग गरिने भएको छ। चालू आवभित्रनै एक तले भवन निर्माण सक्ने पहल कदमी का साथ् लक्ष्यसहित काम शुरु गरिने भवन निमार्ण समितिका उपाअध्यक्ष राम बाहादुर पराजुलीले बताए।