अविरल वर्षाको कारण सडक अवरुद्ध भएपछि सिमकोट गाउँपालिकाका स्थानीयवासीहरुले आवतजावतमा समस्या झेल्नुपरेको कारणले गर्दा निजी एक्साभेटरलाई प्रतिघण्टा रु १३ हजार खर्च गरी बाटो भत्केको आठ महिना बितिसकेपछि ठेहे, दोजाम, र बरगाउँमा स्थानीयबासी आफैले निर्माण कार्य थालेको छ ।
प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाको अनुसार भत्किएको सडक आठ महिना बितिसक्दापनि पुनःनिर्माण कार्यमा कसैले चासो नदेखायपछि गाउँपालिका आफैँले मर्मत गर्न थालेको हो । वडा नं ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामाले गाउँपालिकाले हाल सिमकोट बुराउँसेबाट लाङदु बरगाउँ हुँदै ठेहेसम्मको सडक मर्मत गरिरहेको बताउनुभयो ।
रलिङ गुम्बा पर्यटकका लागि अति उत्तम स्थान मानिएकोल त्यहाँ जाने मुख्य बाटो भत्कँदा पर्यटकलाई आवतजावतमा निकै सास्ती भएको छ । सिमकोटको दोजामसम्म सडक निर्माण गरिसकेपछि मात्र पर्यटकीय मार्ग रलिङ गुम्बा जाने सडक निमार्ण गरिने छ ।
वर्षा बढेसँगै स्याम्ने खोलाको पानी कच्ची सडकमा पसेपछि खार्पु सडक कर्णाली करिडोरको सिमकोट–खण्ड बाढीले अवरुद्ध भयको हो।
खोलाको पानीले करिब ३०० मिटर सडक बगाउनुका साथै सडकका धेरै ठाउँमा चिरा परेकोले यातायात सञ्चालन गर्न सम्भव छैन । सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदल हिँड्न बाध्य भयका छन् ।