काठमाडौं। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल आयल निगमबीच सहमति भएको छ। महासंघ र निगमबीच बुधबार साँझ सहमति भएको हो।
महासंघका माग असोज ७ गतेसम्म पूरा गर्ने सहमति भएपछि हड्तालका कार्यक्रम फिर्ता भएको हो। सहमति भएसँगै बुधबार साँझदेखि नै व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी पूर्ववत रुपमा संचालनमा ल्याएका छन्।
महासंघले २०७३ सालपछि डिजल वाहेकका अन्य संचालन खर्च नबढाएको भन्दै हड्तालमा उत्रिएको थियो। महासंघको अगुवाईमा गत भदौ २४ गतेदेखि भारतमा तेल लिन जान बन्द भएको थियो।
महासंघ अध्यक्ष खगेश्वर बोहराले असोज ७ गतेभित्र आफ्नो माग पूरा गर्ने सहमति भएपछि हड्तालका कार्यक्रम स्थगित गरेको बताउँदै तेल ढुवानी सुरु भइसकेको जानकारी दिए।