काठमाडौं। ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ।
मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ।