हुम्ला। जिल्लाको नाम्खा गाउँपालिकाले न्यालुलेक हुदैँ जाने पाँच हजार मिटर अग्लो सडकमा जमेको हिउँ पन्छाउने भएको छ। उक्त सडक हिमालपारीको गाउँ लिमीसँग जोडिएको छ, सोही सडक संचालनमा ल्याएन सडकमा जमेको हिउँ मेसिन लगाएर गाउँपालिकाले पन्छाउने भएको हो।
तीन-चार फिटसम्म जमेको हिउँ मेसिन लगाएर पन्छाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनु भयो। उक्त कामका लागी कार्यपालिकाबाट निर्णय समेत भइरकेको छ। सडकको हिउँ पन्छाउन नसकेमा वडा नम्बर ६ को लिमी गाउँमा जान नसकिने र त्यहाँ खाद्यान्नसमेत पुर्याउन समस्या हुने भएपछि हिउँ पन्छाउनै पर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो।
लेक क्षेत्रको हिउँ पन्छाउने कामका लागी अध्ययन टोली बनाएर गाउँपालिकाले स्थलगत रुपमा खटाउने तयारी गरेको छ। उक्त योजना लिमीका वडाध्यक्ष पाल्जोर लामाङको पहलमा बनेको बताइएको छ। उक्त योजनाको काम बाट लिमीमा आवतजावत गर्न र खाद्य सामग्रीका साथै स्वास्थ्यकर्मी जान सहज हुनेछ। यदी हिउँ नफालीएमा आगामी वैशाख जेठ महिनासम्म लिमी आवतजावत गर्न बन्द हुने अवस्था छ।