मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिक्षेत्रमा विष्णुको मूर्ति बन्ने भएको छ। सो क्षेत्रमा ३५ फिट अग्लो बुद्धको मूर्ति रहेको छ। यस क्षेत्रमा बुद्धको मूर्तिकै उचाईमा ढुंगाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो। मूर्ति निर्माणका लागि गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले मंगलबार ५० लाख सहयोग गर्ने घोषना गरेका छन्।
त्यहाँ अवस्थित बुद्ध मूर्ति एनआरएन अमेरिकाका अध्यक्ष पनि भइसकेका सोनाम लामाले ५ करोड भन्दा बढी रकम खर्च गरेर बनाएका थिए। सो बुद्धमूर्ति हाल धार्मिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको त्यहाँका स्थानीयले जानकारी दिएका छन्।
नेपालमा बुद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बी दुवै रहेको हुनाले बुद्ध मूर्ति भएकै ठाउँमा विष्णुको मूर्ति बनाउनका लागिएको हो। विष्णुको मूर्ति निर्माणका लागि लामा र घले दुई जनाले नेतृत्व गर्ने पनि बताएका छन्। उनिहरुले सो मूर्ति निर्माणको लागि सबेलाई सहयोग गर्न आह्वान पनि गरेका छन्। त्यस्तै ब्रिटिस आर्मीका मेजर डमर घलेले पनि मूर्ति निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।