फाइल तस्बिर
काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४०९ जना चालकहरू कारबाहीमा परेका छन्। काठमाडाैं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाइ कारबाही गरेकाे हाे।
कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्किङ गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १२६ जना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, सडक लेन उल्लङ्घन गर्ने ४२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले बताएको छ ।