उदयपुर। उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको काम सुरु गरिएको छ। झण्डै पाँच दशकको अन्तरालपछि त्रियुगा नगरपालिका–१ र २ को जोगिदहमा विमानस्थल बन्ने सुनिश्चितता भएसँगै त्यस क्षेत्रका वनजंगल फडानी सुरु गरिएको हो ।
विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्डयान प्राधिकरणबीच २०७८ माघ २४ सम्झौता भएसँगै वन क्षेत्रको रुख कटान सुरु गरिएको हो । सम्झौताअनुसार प्राधिकरणले १८ हजार ४ सय २३ रुख कटानका लागि बोलपत्र आव्हन गरेको थियो ।
वोलपत्र अनुसार अरुणमा दुर्गा जेवीले भ्याटसहित २ करोड ६४ लाख मुल्यमा रुख कटानको जिम्मेवारी लिएको छ । २०७९ असोज ७ गते सम्झौता भई आउँदो पुस ९ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने छ ।
१५६ दशमलब ११ हेक्टर क्षेत्रफल ओगटेको विमानस्थलमा हाल १०५ दशमलब १० हेक्टरमा रहेको रुख कटान हुने डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ। बाँकी रहेको ५० दशमलब ४१ हेक्टरको कटान गर्न नपाउने र हरियाली बनाउनु पर्ने छ ।