भक्तपुर । विद्यार्थी निकेतन माविको प्राङ्गणमा पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् । विद्यालयको प्राङ्गणमा पानी ट्यांकी खन्ने क्रममा विभिन्न पुरातात्विक अवशेषहरु फेला परेका हुन् ।
पानी ट्यांकी खन्ने क्रममा साढे ६ फिट मुनि टेपु ल्होँ, टेलीय इँटा फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएको बताइएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले त्यस क्षेत्रको स्थलगत निरीक्षण गरेर पानी ट्यांकी निर्माणको काम तत्काल रोक्न आग्रह गरेका छन् । प्रमुख प्रजापतिले नगरपालिकाले पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने समेत बताएका छन् ।