काठमाडौं । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमा नाकामा पर्ने दुम्किबासदेखि बर्दघाट १६ किलोमिटर महेन्द्र राजमार्गको सडकखण्डको अवस्था नाजुक छ । तीन वर्षअघि गरिएको कालोपत्रे एक वर्ष नबित्दै उप्किएपछि सडकको अवस्था नाजुक भएको हो ।
८ किलोमिटर गण्डकी प्रदेशमा र ८ किलोमिटर लुम्बिनी प्रदेशमा पर्ने दाउन्ने सडकखण्डको अवस्थाले ६ वर्षदेखि यहाँका स्थानीय र यात्रुले सास्ती खेप्दै आएका छन् । हाल यस सडक भएर यात्रा गर्ने दैनीक हजारौँ सवारी चालक र यात्रुहरु धुलोमा पुरिएर गन्तव्यमा पुग्ने गरेका छन् । घाम लाग्दा धुलोले भरिने र पानी पर्दा हिलोमा भाँसिनु पर्ने अवस्थाले यस क्षेत्रमा सडकको छेउतिर व्यापार व्यवसाय गर्ने मानिस र सवारी चालक हैरान हुने गरेका छन् ।
।
बर्खायाममा पहिरोले ज्यान जाने खतरा त छ नै हप्तौंसम्म सडकमै बास बस्नुपर्ने अवस्था समेत आउने गरेको सवारी चालकहरुको गुनासो छ । खराब सडकका कारण सवारीसाधन बिग्रिनाले दुर्घटनाको जोखिम पनि अत्यधिक हुने गरेको छ ।
धुलोधुवाँ कम गर्न सडकमा पानी हाल्न पनि स्थानीयले बेला बेला आन्दोलन नै गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।