चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरूलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताएका छन्। त्यसैले उनले माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माण गर्ने घोषणा गरेका छन्। त्यस्तै ऐतिहासिक तथ्य र अन्वेषण गरेरमात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफु रहेको कुरा बताएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले हिजो माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए।
माडीको बाँदरझुला सुकुम्बासी बस्ती भएको कारणले गर्दा उनले सुकुम्बासी समस्या छिट्टै समाधान गर्ने गरी त्यसतर्फ सरकार लागेको बताएका छन्। उनले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको जानकारी गराएका छन्।
दाहालले रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीमा पक्की पुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको भन्दै सुकुम्बासी बस्ती हनुमानझुलामा बिजुली बत्ती विस्तारका लागि काम गरिरहेको बताएका छन्।