जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्युु भएको छ। केही दिनदेखिको अविरल वर्षाका कारण पहिरोमा पुरिएर पाँच जनाको मृत्युु भएको हो।
पहिरोमा परेर दुई जना बेपत्ता छन् भने दुई जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएका दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।
यसबीच गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनर्स्थापनामा केन्द्रित हुन गृह प्रशासन र प्रजिअलाई निर्देशन दिएका छन्।