सर्लाही। पूर्व-पश्चिम राजमार्ग फेरी जिर्ण बनेको छ। दशैँअघि मात्रै सामान्य मर्मत सम्भार गरेर पुरपार पारीएका राजमार्गका खाल्डाखुल्डी पुन उस्तै भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार चौबिसैँ घण्टा व्यस्त रहने राजमार्गका खाल्डाखुल्डीहरुले सवारी अनियन्त्रित भई पल्टने र अर्को सवारीसँग ठोक्किएर दुर्घटना हुने क्रम बढेको छ।
सवारीसाधन चालकका अनुसार गाडी चलाउनै समस्या भइरहेको छ। उक्त राजमार्ग सँगै लखन्देही र चापिनी खोलाको पुलसमेत जीर्ण बनेको छ। राजमार्गका खाल्डाखुल्डी र जीर्ण बनेका पुलका कारण जुनसुकै बेला पनि गम्भिर किसिमको दुर्घटना हुन सक्ने भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन्। उक्त सडकबाट हिडडुल गर्न समेत समस्या भएको छ। तत्काल राजमार्ग मर्मत गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताउनु भयो।