सुर्खेत। सुर्खेतमा पहिरोमा परेर घाइते भएका ४ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। छुट्टा छुुट्टै दुुई स्थानमा पहिरोमा परि गम्भीर घाईते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
सुुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास गरेको भएपनि खराव मौसमको कारण हेलिकोप्टरले अवतरण गर्न नसकेपछि मंगलबार उद्धार कार्य हुन सकेको थिएन।
पहिरोमा परि शरिरमा गम्भीर चोट लागेको कारण स्थानीय स्तरमा उपचार हुन नसक्ने भएपछि घाईतेलाई लामो प्रयासपछि बुुधबार बिहानै हेलिकोप्टरबाट बिहानै उद्धार कार्य गरिएको हो ।
पहिरोबाट घाईते भएकाहरुमा ताँजाकोट गाउँपालिका–५ को मदाना गाउँका सात वर्षका बालक केशब परियार र चङ्खेली गाउँपालिका–६ को मासीधार गाउँका ३८ वर्षका देउच्या सार्की, ३६ वर्षकी अंगती सार्की र १४ वर्षकी मनिका सार्की छन्।
घाईते चारै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भई रहेको अवस्थामा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न खोजिएको थियो । घाईते चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मासीधारा पहिरोमा परि एकै घरका चार जनाको मृत्युु भएको थियो भने पाँच जना घाईते भएका थिए । सो घटनामा परि घाईते भएका मध्य दुुई जना १२ वर्षकी निरुता सार्की र ती वर्षको तवेन्द्र सार्कीको स्थानीय स्तरमै उपचार गरिएपछि निको भएका छन् ।