असोज । निरन्तरको वर्षासँगै गएको पहिरोले मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ४ थापाटार नजिकै सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
मङ्गलबार राति गएको पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण पाँचथरवाट ताप्लेजुङ तथा ताप्लेजुङबाट पाँचथर र इलाम हुँदै झापा जाने सडक अवरुद्ध भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार पहिरो पन्छाउन फिदिम नगरपालिकाले बिहानैदेखि स्कावेटर परिचालन गरेको छ ।