काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ओम शान्तिको भवनमा डोजर चलाएको छ। सार्वजनिक जग्गामा निर्माण भएकाले ओम शान्तिको भवनमा डोजर चलाएको महानगरले जनाएको छ।
महानगरले उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको र बागमती सभ्यता एकीकृत विकास समितिले महानगरसँग सहयोग मागेकाले सहयोग गरेका बताएको छ।
उक्त भवनमा ओम शान्ति नामक संस्थाले बिहान–बेलुका मानिसहरूलाई खाना खुवाउने काम पनि गर्थ्यो।
दसैंअघि विभिन्न अवैध संरचना भत्काएको काठमाडौं महानगरले दसैंपछि शुक्रबार पहिलो पटक अवैध संरचना भत्काउन डोजरले चलाएको हो।