काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको रिट्ठेपानी डाँडा कटानका लागि १० वटा कम्पनीको आवेदन परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको आगामी नोभेम्बर भित्रै डाँडा कटानको काम सक्ने योजना अनुसार खुलाइएको टेन्डरमा १० कम्पनीले आवदेन दिएका हुन्।
अबको तीन सातामै आवदेन परेका कम्पनीमध्येबाट योग्य कम्पनी छनोट गरी डाँडा कटानको काम अगाडि बढाउने प्राधिकरणको योजना रहेको बताइएको छ।
यो डाँडा कटानबाट निकालिएको माटो हाल भएको ल्याण्ड फिल्ड साइट पुर्न प्रयोग गरिने आयोजना प्रमुख बिनेश मुननकर्मीले बताए। यो विमानस्थलको फ्लाइट क्यालिबरेशनका लागि पहिलो चरणमा १४ मिटर डाँडा काट्ने योजना रहेको बताइएको छ।
कटान सुरु गरेको एक महिना भित्रै १४ मिटर काम सकिने र नोभेम्बरमै फ्लाइट क्यालिबरेशन आयोजना प्रमुख मुननकर्मीले बताए।
विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको हो। कुल २२ अर्ब रुपैयाँ लागत रहेको यो विमानस्थलमा न्यारोबडी सिरिजसम्मका जहाज उडान सञ्चालन हुने बताइएको छ।