दार्चुला । संघीय संसदको विकास तथा प्रविधि समिति सदस्यको टोलीले महाकाली कोरिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको अनुगमन गरेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले शुक्रबार बिहान दार्चुला पुगेर सडक अनुगमन गरेको हो ।
तिंकर सडकको अनुगमन र ब्यास गाउँपालिका–१ छाङ्रुमा त्यहाँका विविध विषयमा छलफल गर्ने गरी उक्त टोली आज दार्चुला पुगेको हो । टोलीले छाङ्रुबाट फर्केर ब्यास गाउँपालिका–४ स्थित सुन्सेरामा नेपाली सेनाको ब्यारेकबाट सडक निरीक्षण गर्ने गरेको छ ।
एक सय ३४ किलोमिटर दार्चुला–तिंकर सडकको ८७ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलिरहेको छ । त्यस सडकको अनुमगनका लागि समितिको टोली जिल्ला पुगेको हो ।