ताप्लेजुङमा खेबाङ र याम्फुदिनको सिमाना भएर बग्ने काबेली खोलाबाट १३.५ मेगावाट क्षमताको सुपर काबेली ए जलविधुत आयोजना स्नो रिर्भर्स प्रालिले निर्माण कार्यको तयारी थालेको छ । यस आयोजनालाई जलस्रोत तथा सिँचाई मन्त्रालयले गएका असारको पहिलो सातामा स्वीकृत गरीसकेको छ ।
यस आयोजनाबाट उत्पादित विधुत १३२ केभीको स्विचयार्डमा जडान गरेर पाँचथर स्थित अमरपुर सवस्टेशनमा जडान गरीने छ । यस प्रालिको लक्ष्य २०८० को वैशाखभित्र सम्पन्न गर्ने रहेको छ ।
आयोजना सञ्चालनमा प्रतिकुल असर परेमा सरोकारवालाले ३५ दिन भित्रमा आफ्नो रायसुझाब विभाग समक्ष पेश गर्नुपर्ने विभागले जनाएको छ ।
ताप्लेजुङ-पाँचथर क्षेत्रमा २५ मेगावाट क्षमताको काबेली बी-१ आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने काबेली ए ३४ मेगावाट, अपर काबेली २३, सुपर काबेली २० र अपर काबेली-२ १० मेगावाट क्षमताको आयोजनाको पनि प्रस्ताब गरीएको छ ।