काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन्। एमालेको सरकार आएपछि ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका हुन्।
काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीवार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको उनले बताएका छन्।
सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गरे ।
धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए ।