काठमाडौं। काठमाडौंस्थित गौशाला धर्मशालामा बनाइएका मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिइएको छ।
पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन धर्मशालालाई समय दिएको हो।
कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो। धर्मशाला संचालन उद्देश्य मुताविक नभएको, विशुद्ध गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला संचालन मात्र गर्ने सम्झौता भएपनि सम्झौता विपरीतका कार्य गरेको कोषले सूचनामा उल्लेख गरेको छ।
३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए नियमअनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ।