काठमाडाैं। याे तस्बिर हाे निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरीकाे । यहाँ उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएकाे देख्न सकिन्छ ।
मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले 'ठुलाबढा'लाई नछुने हाे की के हाे भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई राेकेनन् ।