लमजुङ। जिल्लाको मिदिमखोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ। ८ करोड लागतमा क्व्लोसोथार गाउँपालिका–८ र २ को कपुर गाउँ/मालिङ/साल्मेभन्ज्याङ सडक खण्डमा पर्ने मिदिमखोलामा पुल निर्माण भएको हो।
पुल निर्माण सम्पन्न भएसँगै उक्त पुल हुँदै यातायातका साधनहरु चल्न थालेका छन्। क्व्लोसोथार गाउँपालिकाको कार्यालय र जिल्ला सदरमुकाम जोड्ने यो पुल निर्माणले क्व्लोसोथार गाउँपालिकाको वडा नं ५,६,७,८,९ सिङ्दी, पसगाउँ, भोजे, घामराङ र गिलुङ गाउँको बासिन्दाहरू प्रत्यक्ष लाभान्वित भएको स्थानीय सडक पुल सहयोग इकाईका टेक्निकल अफिसर ई.लोकेश राई बताए।

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय लमजुङ र हिमसगरमाथा, पराजुली जे.भी बीच २०७६ /९/१७ मा ठेक्का सम्झौता भएको थियो। स्थानीय सडक पुल सहयोग इकाईको प्राबिधिक सहयोग, स्थानीय निकायका अध्यक्ष तथा सदस्यहरु, स्थानीय वासिन्दाहरुको सहजीकरण र निर्माण व्यवसायीको अग्रसरताले पुल निर्माण कार्य सयममै सम्पन्न भएको स्थानीयले बताए।