कर्णाली । भेरीगंगा नगरपालीकाको वडा नं. ८ नगरकार्यालय स्थीत डुमकोटमा दलीत संग्रहालय निर्माण कार्य हुने भएको छ ।
३ करोड भन्दा माथिको लगानीमा बन्न लागेको उक्त संग्रहालयले दलीत समुदायमा महत्वपुर्ण योगदान पुर्याउने आसा गरिन्छ ।
सो संग्रहालयको निर्माण पश्चात यस क्षेत्रका स्थानिय बासिन्दा मात्र नभएर आन्तरिक पर्यटकको लागी पनि सहज हुनेछ । साथै सो संग्रालयले दलीत समुदायको कला संस्कृतीबारे जान्नको लागि मद्धत पुर्याउने र उनिहरुको संस्कृतीको जगेर्ना गर्ने काम गर्दछ ।
उक्त संग्रहालयको निर्माणले गर्दा त्यस ठाउँका दलीत समुदायलाई समानहरु राख्ने ठाउँ देखी अन्य विभिन्न माध्यमबाट सहयोग पुग्नेछ ।