पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फ बाट कास्की क्षेत्र नं– २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुर्वण राज पन्तले पोखरा–२१ निर्मल पोखरीका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेका छन् । उनले निर्मल पोखरीमा सडक पूर्वाधार र स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेको बताएका छन् ।
उनले निर्मल पोखरी धेरै सम्भावना बोकेको ठाउँ भए पनि विकासका दृष्टिले पछि परेको बताए । “यहाँ स्वास्थ्य चौकी निकै टाढा भएकाले जनतालाई स्वास्थ्य उपचारमा समस्या छ । म पनि स्वास्थ्य क्षेत्रकै मान्छे भएकाले यसलाई विशेष प्रथामिकतामा राख्ने नै छु ।” उनले भने,“यहाँ बालबालिकालाई विद्यालय टाढा भएको हुदाँ आवतजावतमा समस्या छ । बालकालिकालाई सहज पठनपाठनकोलागि आवश्यक पहल गर्ने छु ।”