काठमाडौं। राजधानी काठमाडौंको २७ किलोमिटर चक्रपथ मध्ये पहिलो खण्ड (कोटेश्वर कलंकी) पूरा भएको लामो समयपछि दोस्रो खण्डको निर्माण सुरु हुने संकेत देखिएको छ ।
चीन सरकारको सहयोगमा ८ लेन चौडा चक्रपथ बनाउने योजनाअनुसार पहिलो खण्डको निर्माण २०७५ माघमा सकिएर सञ्चालनमा आएको छ । कलंकी महाराजगन्ज दोस्रो खण्ड निर्माण सुरु हुनु अगाडी कोभिड लगायतका विभिन्न समस्या आएर रोकिएकोमा अब सूचारु हुने देखिएको हो ।
सडक विभागका अनुसार यो खण्ड निर्माणमा अहिले चिनियाँ पक्षले चासो दिएपछि सरकारले पनि काम अगाडी बढाएको छ। विभागका महानिर्देशक अर्जुनजंग थापाले यो खण्ड निर्माणका लागि चिनियाँ पक्षले स्थगल अध्ययन सकेर काम सुरु गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको जानकारी दिए । कारोबार दैनिकबाट