काठमाडौं। चिनियाँ वायुसेवा कम्पनीले तीन वर्षपछि पुनः नेपाल तर्फ व्यवसायिक उडान गर्ने भएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै चाइना साउदर्नले नोभेम्बर २२ तारिखबाट साताको तीनवटा उडान गर्ने तालिका पाएको हो।
अहिले हिमालय र एयर चाइनाले नियमित व्यवसायिक उडान गर्दै आएका छन्। सीमित कम्पनीको मात्रै उडान हुँदा भाडादर महँगो छ। अरु चिनियाँ कम्पनी थपिएपछि भाडादर पनि सस्तिनेछ।
तत्काल चाइना साउदर्नले व्यवसायिक उडानको स्लट पाइसकेको छ। सिचुवानले प्रक्रिया सुरु गरिसकेको छ। एप्रुभल पाउन बाँकी नै छ।
हाल नेपाल–चीन–नेपाल तर्फ नेपाली वायुसेवा हिमालय एयरलाइन्स र एयर चाइनाले नियमित व्यवसायिक उडान गर्दै आएको छ। प्राधिकरणका अनुसार हिमालयले साताको तीनवटा र एयर चाइनाले साताको एउटा उडान गर्दै आएको छ।