काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आईओसी) फेरि
पेट्रोलको मूल्य बढेर आएको छ। आईओसीले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो।
पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको मूल्य बढेर र डिजेलको घटेर आएको निगमले जनाएको छ।
डिजेलको मूल्य भने प्रतिलिटरमा एक रुपियाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ। यो नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ७६ पैसा नाफा हुने अनुमान गरिएको छ। अघिल्लो पटक पेट्रोलमा १३ रुपियाँ ९२ पैसा नाफा रहेको थियो।
यस्तै डिजेलमा यसअघि १२ रुपियाँ १३ पैसा घाटामा रहेकाले अझै डिजेलमा प्रतिलिटर १० रुपियाँ ८३ रुपियाँ घाटा रहने निगमले जनाएको छ।
निगमका अनुसार निगम अहिले ब्रेक इभन (न नाफा न घाटा)को अवस्थामा रहेको छ। आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ।