काठमाडौं। आगामी फागुनमा ८ औं उर्जा सम्मेलन हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को अगुवाईमा फागुन १२ र १३ गते काठमाडौंमा तेस्रो संस्करणको ऊर्जा सम्मेलन हुन लागेको हो।
सम्मेलनमा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल तथा बहसहरू हुने इपानले जनाएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा ऊर्जा क्षेत्रको विकास, विस्तामा अहिलेसम्म भएको प्रगति तथा आन्तरिक एवं अन्तरदेशीय विद्युत व्यापारका विषयमा पनि वृहत छलफल हुने इपानले जनाएको छ।
इपानले उपाध्यक्ष आशीष गर्गको संयोजकत्वमा सम्मेलनको तयारी समिति गठन गरेको छ । ऊर्जा सम्मेलनमा ऊर्जा क्षेत्रमा क्रियाशिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूलाई आमन्त्रण गरिने इपानले जनाएको छ ।
यसअघि सन् २०१९ मा दोस्रो ऊर्जा सम्मेलन भएको थियो । यो सम्मेलनले विद्युत व्यापारको मुद्दा उठाएको थियो ।