फाइल तस्बिर
संखुवासभा। संखुवासभाका तीन वटा मतदानस्थलका मतपेटिका हेलिकप्टर मार्फत खाँदबारी ल्याइएको छ।
भौगोलिक रुपमा विकट र दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट खाँदबारी ल्याइएको हो।
गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाक सहित तीन मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकप्टर मार्फत ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थुदाम मतदान केन्द्रको २० मत, किमाथांकाको १ सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो ।