फाइल तस्बिर
डोल्पा। माथिल्लो डोल्पाका २२ मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट ल्याउन सुरु गरिएको छ। डोल्पाको माथिल्लो भागबाट बिहानैदेखि मत पेटिका ल्याउने कार्य सुरु भएको हो।
माथिल्लो डोल्पाका सबै मत पेटिका आजै ल्याइसक्ने बताइएको छ। तल्लो डोल्पाको मत पेटिका हिँडेर बेलुका सम्म ल्याइनेछ। आज बेलुकादेखि नै सबै मत पेटिका संकलन भएपछि भोलि बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ । निर्वाचन सम्पन्न भएको चौथो दिनबाट मात्र यहाँ मतगणना सुरु हुने भएको हो ।
सर्वदलीय बैठक भने आज बेलुकासम्म बस्ने तयारी रहेको बताइएको छ। डोल्पामा कुल ६६ मतदान केन्द्र छन् ।