कैलालीको अत्तरिया चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक निर्माण गरिने भएको छ। २०६२।६३ को जनआन्दोलनमा तोडफोडपछि अलपत्र बनेको अत्तरिया चोककोबीच भागमा पुनःराजा महेन्द्रको शालिक निर्माण गरिने भएको हो।
शालिक पुनः निर्माण समितिका अध्यक्ष हरिदत्त भट्टराईका अनुसार शालिक पुनः निर्माणमा १० लाख रुपैयाँ लागत लाग्ने छ। उनका अनुसार सबै जनताले स्वच्छाले दिएको दानबाट शालिक पुनःनिर्माण गरिने भएको हो। इतिहासलाई बचाइराख्नका लागी शालिकको पुनः निर्माण अभियानमा लागीएको हो, उनले भने, त्यसका लागि समुदायबाट नै रकम संकलन गर्नेछु।
शालिक निर्माणका लागि आज सम्पूर्ण नगरबासी, सरोकरवाला निकाय, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी हुने गरी भेला बोलाइएको पनि उनले जानकारी दिए। शान्ति पक्रियामा आएपछि चोक, मन्दिर, पार्क लगायतका स्थानमा रहेका राजाका शालिकहरू हटाइएका थिए।