काठमाडौं। मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २५ औं वर्षमा प्रवेश गरेको छ। २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकार २५ औं वर्षमा प्रवेश गरेको हो।
सो केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई सेवा दिइसकेको कम्पनीले जनाएको छ। केबलकार सञ्चालनमा आएसँगै यस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको छ।
केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनाकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीनको भनाइ छ। कम्पनीका अनुसार विश्व प्रख्यात अष्ट्रियाको डोपेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित यस केबलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएको छ।
कम्पनीले केबुलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठको सम्झनामा लामो समयदेखि चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको ११ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्वार लगायत विकास निर्माणका कार्य आदिमा सहयोग गर्दै आएको छ।