काठमाडौं। नेपाल वायुुसेवा निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको सेवा मागेको छ। निगमले नागरिक उड्डयन प्राधिकरणलाई ग्राउन्ड ह्यान्डलिङको सेवा उपलब्ध गराउन अनुरोध गरेको हो।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ।
निगमले हाल गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोही अनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलब्धता रहेको जनाएको छ। आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको रहेको बताएको छ।
तर प्राधिकरणले भने पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सिधै निगमलाई नदिने बताउँदै आएको छ।
ग्राउन्ड हृयान्डलिङमा धेरै विवाद आएकाले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैंले चलाउने बताइएको छ।