काठमाडौं। काठमाडौँ महानगरपालिकाले महानगरको साँघुरा गल्लीमा पाइपलाइन बिछ्याउन सुरु गरेको छ।
आगलागीलगायतका प्राकृतिक विपत्को समयमा दमकल पुग्न नसक्ने गल्लीहरूमा आगो नियन्त्रणका लागि पाइपलाइन बिछ्याउन सुरु गरिएको महानगरले जनाएको छ। महानगरका कतिपय गल्लीमा आगलागी भए दमकल पठाउन सक्ने अवस्था छैन। त्यस्ता गल्लीमा दमकलका लागि पाइप विस्तारको योजना अगाडि बढाइएको छ।
नयाँ पाइपलाइन विस्तारसँगै आगलागी नियन्त्रणमा ठूलो राहत मिल्ने महानगरले बताएको छ। अहिले महानगरको वडा नम्बर १३, १६, १७ र २५ मा पाइप विस्तारको काम भइरहेको छ।