काठमाडौं। नेपाल वायुुसेवा निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको सेवा मागेको छ। नागरिक उड्डयन प्राधिकरणलाई ग्राउन्ड ह्यान्डलिङको सेवा उपलब्ध गराउन निगमले अनुरोध गरेको हो।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ।
निगमले हाल गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोही अनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलब्धता रहेको जनाएको छ। आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको रहेको बताएको छ।
तर प्राधिकरणले भने पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सिधै निगमलाई नदिने बताउँदै आएको छ।