तनहुँ। तनहुँको मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ। यस वर्ष वर्षा धेरै भएकाले नदीमा पानीको बहाव बढेपछि आयोजनाबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो।
असोज महिनामा भएको वर्षाका कारण अझै खोला, खोल्सी र नदीको पानी पर्याप्त रहेकाले अहिलेसम्म पनि पूर्ण क्षमतामै विद्युत् उत्पादन भइरहेको बताइएको छ। विगतमा यो समयमा पानी घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको थियो।
यो आयोजनाको तीनवटा युनिटबाट २३–२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो। केन्द्रका गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गर्छ भने हिउँदमा भने कम उत्पादन हुन्छ ।