काठमाडौं। जगदुल्ला हाइड्रोपावर लिमिटेडले साइट क्याम्प बनाउने भएको छ। डोल्पाको जगदुल्ला नदीमा पहिचान भएको अर्धजलाशययुक्त १०६ मेगावाटको आयोजना निर्माणका लागि ३१ करोड १४ रुपैयाँ खर्चेर साइट क्याम्प बनाउन लागिएको हो।
साइट क्याम्प बनाउने जिम्मा शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालि, बौद्धले पाएको छ। १५ नोभेम्बरमा खोलिएको आर्थिक प्रस्तावमा शेर्पा कन्स्ट्रक्सन छनोट भएको हो।
यो ठेक्काअन्तर्गत तीन तल्लाको अफिस भवन, जुनियर स्टाफहरुका लागि २ वटा आवास भवन, दुइवटा चमेना गृह, सिनियर स्टाफका लागि चारवटा टाइप बी बिल्डिङ,गार्ड हाउस, क्लिनिक फिटनेस सेन्टर निर्माण गर्नुपर्नेछ। त्यसै गरी क्याम्पभित्र स्यानिटरी, वरिपरि पर्खाल बनाउने, सडक बनाउने लगायतका कामहरु समेत गर्नुपर्नेछ। साइट क्याम्पको काम एक बर्षमा सम्पन्न गर्ने लक्ष्य छ।
आयोजनाको विद्युत खरिद बिक्री सक्झौता(पीपीए) भने भएको छैन। पीपीए भएपछि फाइनान्सियल क्लोजर गर्ने योजना छ।