काठमाडौं। गोरखाको लिगलिगकोटमा निर्माण हुने ऐतिहासिक सङ्ग्रहालय निर्माणको काम अझै सुरु भएको छैन्। नेपालको उदगम थलो गोरखाको लिगलिगकोटमा ऐतिहासिक सङ्ग्रहालय निर्माणको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत घोषणा भएको थियो। तर हालसम्म डिजाइनबाहेक केही पनि काम भएको छैन्।
मन्त्रालयका कर्मचारीको लापरबाहीले गर्दा र लिगलिगकोट आसपासमा गुुठीको जग्गा भएको कारणलेगर्दा जग्गाको समस्याको कारण पनि काम अघि बढ्न नसकेको कुरा पालुङटार नगरपालिकाका प्रमुखले जानकारी दिएका छन्। सो सङ्ग्रहालय निर्माणको लागि आर्थिक वर्ष २०७४/७५ मा १ करोड बजेट बिनियोजन गरेको थियो। त्यसपश्चात वर्षेनि बजेट छ्ट्याएको भएता पनि हालसम्म १० लाख मात्र खर्च भएको मन्त्रालयले जानकारी दिएको छ। निर्माणको काम अगाडी नबढेपछि बजेट घटाएर चालु आर्थिक वर्षमा ४५ लाख बजेट विनियोजन भएको छ।
नगरपालिकाले जग्गा उपलब्ध नगराएको कारण सङ्ग्रहालय निर्माणको काम अघि बढुन नसकेको गण्डकी प्रदेश मन्त्रालयले जनाएको छ। जग्गा एकिन गरी काम सुरु गरेपछि स्टिमेट अनुसार आवश्यक बजेट उपलब्ध गराउने मन्त्रालयको भनाई रहेको छ। लिगलिगकोट आसपासमा सवै गुठीको जग्गा भएको र व्यक्तिगत जग्गा महँगो भएको कारणले किन्न नसकेको कुरा त्यहाँका वडा अध्यक्षले जानकारी दिएका छन्। तर हाल लिगलिगकोटको फेदीमा रहेको द्रव्य शाह आधारभुत प्राविको जग्गामा सङ्ग्रहालय निर्माण गर्ने नगरपालिकाको निर्णय रहेको छ। सो विधालयमा विधार्थी सङ्ख्या कम भएको कारणले विद्यालय अन्तै मर्ज भइसकेको छ। जग्गा उपलब्ध भएपनि मन्त्रालयको कर्मचारीको पुर्ण असहयोगको कारण बनाउन नसकिएको वडा अध्यक्षले बताएका छन्।
बर्सेनि राजा परिवर्तन हुँदा अस्थिर रहेको लिगलिगकोटमा द्रव्य शाहले राज्य सम्हालेपछि आसपासको भुरे टाकुरे राज्यहरुमा हमला गर्दै कालान्तरमा गोरखा राज्यको स्थापना भएको थियो। त्यस पश्चात पृथ्वी नारयण शाहले वर्तमान नेपालको एकीकरणलाई अघि बढाएको र उनको सन्ततीहरुले पुर्णता दिएको इतिहासमा उल्लेख छ। अलिे पालुङटार नगरपालिकामा अवस्थित करिब ५ सय वर्ष पुरानो दरबारको भग्नावशेष संरक्षणको पर्खाइमा रहेको छ। सोही ठाउँमा नेपाल एकीकरण र स्थानीय कला संस्कृति समेटेर सङ्ग्रहालय निर्माण गर्न लागिएको हो। साथै शैक्ष्कि तथा अवलोकन भ्रमणमा आउने पर्यटकलाई पनि लक्षित गरेर सो सङ्ग्रहालय निर्माण गर्ने जनाइएको छ।