काठमाडौं। हुस्सुले आज बिहानका आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनाएको छ। आइएफआर अन्तर्गत २००० मिटर भिजिब्लिटी कायम भएपछि तीन घण्टासम्म उडान प्रभावित बनेको हो।
विमानस्थल कार्यालयले बिहानै देखि हुस्सु लागेका कारण बिमानस्थमा हुँदै आएको सबै उडान तीन घण्टासम्म ठप्प भएको जानकारी दिएको छ।
विमानस्थलमा दुवैतर्फको उडान अवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। मौसमी प्रतिकुलताका कारण आन्तरिकतर्फको सबै उडान ठप्प भएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौं अवतरण हुन लागेको हिमालय र नेपाल वायुसेवा निगमको जहाज निकै समय होल्डमै रहेका थिए।
बिहानैदेखि उडान प्रभावित भएसँगै आज दिनभरीको उडानमा ढिलाइ हुने विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार आज आन्तरिक तर्फ ३२० र अन्तर्राष्ट्रिय तर्फ ८० वटा उडान अवतरण तालिका रहेको छ।